अप्रिल १२, २०२५ गैर आवासीय नेपाली संघ क्यानडाद्वारा आयोजित तथा नेप्लीज ब्लड डोनर्स एसोसिएशन (एनबीडीए) को सहयोगमा रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ। क्यानडाको रगत आपूर्ति प्रणालीमा सहयोग पुर्याउने साथै क्यानेडियन समुदायमा मानवीय सामाजिक उत्तरदायित्वको भावना प्रवर्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो।
यस कार्यमा क्यानेडियन ब्लड सर्भिसेस संग आबद्ध भई सम्पूर्ण रक्त दाताहरुको नाम रजिस्टर गर्न उल्लेख्य भूमिका निर्वाह गर्नु हुने नेपलीज् ब्लड डोनर्स एसोसिएशन (NBDA)का महासचिव लीलानाथ पान्डे र कोषाध्यक्ष बालचंद्र पाण्डे संगसंगै कार्यक्रम अवधिभर सहजकर्ताको भूमिका निभाउनु हुने अध्यक्ष सुरेश गौतम लगायत सिंगो संस्था NBDA लाई धन्यवाद दिन चाहान्छौं।






















